Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो ।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागिएको हाे ।

विभिन्न २० वटा बैंकलाई सम्बोधन गर्दै उनीहरुको बैंकिङ विवरणहरु उपलब्ध गराउन माग गरिएको छ। जसमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

त्यसैगरी एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई उत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

रवि-जीबी जोडिएको सहकारीको फाइल समेत अहिले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ ।

तपाईको प्रतिक्रिया