मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिकाले आज बुधबार पालिकामा शोक बिदा दिएको छ । मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शोक बिदा दिएको हो ।

गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरूमा बिदा दिएको जनाएको छ ।गाउँपालिकाको वडनम्बर ६ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना पालिका भित्रैका नागरिक थिए । दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । घाइते १६ जनाको उपचार भइरहेको छ ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको भन्दै बुधबार बिहानै बसेको कार्यपालिका बैठकले शोक बिदा दिने निर्णय गरेको बताए । उनले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

तपाईको प्रतिक्रिया