Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्‌स (यूएई)मा बनेको हिन्दु मन्दिरको आज उद्घाटन गर्ने भएका छन् । उद्‌घाटनअघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गत महिना मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा नयाँ राम मन्दिरको उद्घाटन गरेका थिए ।समाचारमा जनाइएअनुसार मन्दिरको शिलान्यास पनि सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले नै गरेका थिए ।

मन्दिर बनाउन युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा लीजमा दिएका हुन् । मन्दिर निर्माण संस्था बीएपीएसले आफ्नो आधिकारिक ट्‌वीटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ । जुन भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ । मन्दिर निर्माण गर्ने बीएपीएस स्वामी नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । अरब इमिरेट्समा करिब ७०० करोड लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दु मन्दिर निर्माण गरिएको हो ।

यो मन्दिर शुरूमा अरब इमिरेट्सको अबु मुरिखा क्षेत्रमा ५.४ हेक्टर जमिनमा बनाइएको थियो । मन्दिर परिसरलाई पछि सामुदायिक हल र पार्किङ क्षेत्रहरू समावेश गर्न १० हेक्टरमा विस्तार गरिएको थियो । मन्दिरमा स्थापित सबै मूर्तिहरू हातले बनाएर कोरिएका छन् । हिन्दु मन्दिरको उचाइ १०८ फिट रहेको बताइएको छ । मन्दिरमा ४० हजार घनमिटर संगमरमर र १ लाख ८० हजार घनमिटर बालुवा ढुंगा प्रयोग गरिएको छ । मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो ।

मन्दिर उद्घाटनअघि मोदीले अबुधाबीमा आयोजित ‘अहलान मोदी’ कार्यक्रमलाई सम्बोधन गरेका छन् । मंगलबार साँझ सभालाई सम्बोन गर्दै मोदीले दुई देशबीचको मित्रताको बारेमा कुरा गर्दै राम्रो भविष्यका लागि राम्रो सुरुवात गरिरहेको बताए । ‘भारत र युएईको मित्रता हाम्रो साझा धन हो । समयको कलमले हामी संसारको किताबमा राम्रो भाग्यको लेखाजोखा लेखिरहेका छौं,’ उनले भनेका छन्, ‘वास्तवमा हामी उत्कृष्ट सुरुवात गर्दैछौं। राम्रो भविष्य। हामी दुवै देश सँगै हिँडेका छौं। सँगै अगाडि बढेका छौं। आज यूएई भारतको तेस्रो ठूलो व्यापार साझेदार हो । भारतको सातौं ठूलो लगानीकर्ता हो ।’

 

तपाईको प्रतिक्रिया