Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३–१ को जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनविरुद्ध राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३–१ गोल अन्तरको जित निकालेको हो । एफसी कोपनहेगनको मैदानमा केभिन डी ब्रुएनले गोल गर्दै १० औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए ।

उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ३४ औं मिनेटमा मग्नुस म्याटसनले गोल गरेपछि कोपनहेगनलाई बराबरीमा ल्याएका थिए । ४५ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त समयमा फिल फोडेनले गोल गरेपछि सिटी ३–१ को सहज जित निकाल्न सफल भयो ।

अब दोस्रो लेग बुधबार हुने छ । उक्त खेल बराबरीमा मात्रै टुंगिँदा पनि सिटी अन्तिम ८ मा प्रवेश गर्नेछ ।

तपाईको प्रतिक्रिया