Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पाल्पामा जिप दुर्घटना भएकाे छ । तिनाउ गाउँपालिका-६, मस्यामको चिदिसमा मंगलबार भएको दुर्घटनामा परी कम्तीमा सातजनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । दुर्घटनामा आठजना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु हुने तथा घाइते हुनेहरु सबै स्थानीय चिदिस गाउँका हुन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ ।

तपाईको प्रतिक्रिया