Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलवार काठमाडौं भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेको छ । सयौँ संख्यामा मानिसहरू रातो झण्डा बोकी र्‍याली सहित भृकुटीमण्डप पुगेका छन् ।

उक्त कार्यक्रम फागुन १ गते टुँडिखेलमा गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा गर्न लागेको हो । अभियानको वार्षिक उत्सव कार्यक्रममा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, अभियानमा शाह कतै देखिएनन् । बरु उनी यतिबेला चितवनमा रहेको बुझिएको छ ।

विशेषगरी प्रसाईंले जनजीविकाका पनि मुद्दा उठाउँदै राजसंस्था र हिन्दूराष्ट्रको पहिचान फर्काउने अभियान चलाइरहेका छन् । उनले व्यवस्था नै परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मंसिर ७ गते काठमाडौंको बल्खुमा कार्यक्रम गरेका थिए ।

तपाईको प्रतिक्रिया