Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – २०५२ साल फागुन १ गते माओवादीले सशस्त्र युद्ध थालेको दिनलाई पर्वका रूपमा मनाउने विषयमा स्थानीय तहमा तमासा देखिएको छ । सर्वोच्च अदालतले जनयुद्ध शब्द नै नचिन्ने भन्दै दिवसका अवसरमा दिइएको सरकारी बिदा खारेज गरे पनि स्थानीय तहमा जनप्रतिनिधिले बिदा दिने र खारेज गर्ने होडबाजी चलेको छ । माओवादीले भने यस दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने गरेको छ । अघिल्लो वर्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको थियो । तर यसपटक भने सार्वजनिक बिदा दिन पाएन ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरेसँगै सरकारले बिदा दिन नपाएको हो । यद्यपि माओवादी केन्द्रले नेतृत्व गरिरहेका देशका कतिपय स्थानीय तहले भने फागुन १ गते बिदा दिएका छन् । गृह मन्त्रालयले विज्ञप्ति निकालेरै यस वर्ष फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रस्ट पारे पनि स्थानीय तहमा जनप्रतिनिधिले बिदा दिने र खारेज गर्ने तमासा देखाएका हुन् । सर्वोच्च अदालतको फैसलाविपरीत माओवादी केन्द्रले जितेका स्थानीय तहमा सार्वजनिक बिदा दिने आफूखुसी निर्णय भएका छन् । अझ त्यो निर्णयलाई काउन्टर दिँदै एमाले, कांग्रेसलगायत दलका जनप्रतिनिधिले बिदा खारेज गरिरहेका छन् ।

पालिका प्रमुख र उपप्रमुखसहित माओवादीले जितेका ठाउँमा जनयुद्ध दिवस स्वीकार गरेर सार्वजनिक बिदा दिइएको छ । तर, त्यही पालिकाका अन्य पार्टीले जितेका वडाध्यक्षले अस्वीकार गरेर विज्ञप्ति जारी गरिरहेका छन् । यसरी बिदा दिने र अस्वीकार गर्ने होडबाजीमा, काभ्रे, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लाका पालिका बढी छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया