शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को प्रथम विधान सम्मेलन सुरू भएको छ । मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विधान सम्मेलन सुरू भएको हो ।

सम्मेलनमा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको छ । राजधानीको प्रज्ञा भवनमा सुरु भएको विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको हो ।

बैठकको सुरुमा अध्यक्ष प्रचण्डले २० समूहमा छलफल हुने जानकारी दिएका हुन् । जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ ।

तपाईको प्रतिक्रिया