Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धताका एक ठाउँमा रहेका सबै शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । पार्टीको विधान अधिवेशनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै माओवादीका सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका हुन् ।

सबैले समीक्षा र आत्मआलोचा गर्दै एक ठाउँमा आउन अग्रसरता देखाउनुपर्ने उनको भनाई छ । ‘माओवादी मोर्चका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध बनौँ । अब ढिलो नगरौँ जति ढिला भयो, त्यति क्षति हुन्छ । राजनीतिक रुपमा घाटा हुन सक्छ’, उनले भने, ‘आउनुस् बसौँ समीक्षा गरौँ, आत्मआलोचा गरौँ। एक भएर प्रतिक्रियावादीको प्रतिवाद गरौँ । मलाई तपाईंहरू अहिले जहाँ भए पनि हिजो सहयोग गर्नु भयो । मलाई स्थापित गर्न सहयोग गर्नु भयो ।’

प्रधानमन्त्री प्रचण्डले कुनै बेला प्रचण्डको नाममा निस्किने सानो वक्तव्यले देशै ठप्प हुने स्मरण पनि गरे । ‘कुनै बेला प्रचण्डको वक्तव्यले देश नै ठप्प हुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि देशलाई नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको छु’, उनले भने, ‘कोही कमरेडहरू आउनु हुन्छ, तयार हुनुहुन्छ भने म नेतृत्व छाड्न तयार छु । मलाई नेतृत्वमा बसिरहन मन छैन ।’

तपाईको प्रतिक्रिया