Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरे पनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिनको सम्झनामा रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन्। नेकप माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो ।

रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका हुन् । यी स्थानीय तहले बिदामात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर ‘जनयुद्ध दिवस’मनाउने भएका छन् ।

देशका अन्य पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन्। कालिकोटका रास्कोट, खाँडाचक्र, महाबै, पचालझरना र पलाता, गोरखाका बारपाक, सुलिकोट, अजिरकोट र गण्डकी, दाङको बंगलाचुली, सल्यानको दार्मा, रोल्पाको माडी, रोल्पा, काभ्रेको चौंरी देउराली, खोटाङको खोटेहाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी र लिसंखु पाखरले पनि आज सार्वजनिक बिदा दिएका छन् ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि संघीय सरकारले भने सार्वजनिक बिदा दिएको छैन । गृह मन्त्रालयले हिजो नै आज बिदा नरहेको सूचना जारी गरेको थियो । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

तपाईको प्रतिक्रिया