बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

काठमाडौं – नेपालले माल्दिभ्सलाई २२८ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको हो ।

नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउँदै नयाँ कीर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन् ।

त्यस्तै पूजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पूजाले पाँचौँ विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो । खेलमा कविता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया