Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – भ्यालेन्टाइनको अवसर पारेर गायिका इन्दिरा जोशीले प्रेमिल गीत सार्वजनिक गरेकी छन् । उनले मंगलवार ‘क्यारी भेटुम’ बोलको भ्यालेन्टाइन विशेष गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् ।

राजनराजकै संगीत रहेको गीतका शब्द राजेन्द्र थापाले कोरेका हुन् । रोमान्टिक अनि रमाइलो भिडियोमा इन्दिरा जोशी स्वयं प्रस्तुत छिन् । उनको जोडीका रुपमा प्रभात पल ठकुरी देखिएका छन् । विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । भिडियोलाई राम केसीले खिचेका हुन् ।

 

तपाईको प्रतिक्रिया