आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – रोल्पा समाज जापानको तेस्रो अधिवेशनले गुरुप्रसाद राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जापानको टोकियोमा आइतबार सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति गठन गरेको हो ।

समाजका कार्यवाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन निवर्तमान महासचिव गुरुप्रसाद राना मगरले गरेका थिए । समाजको वरिष्ठ उपाध्यक्षमा चन्द्र घर्ती मगर, उपाध्यक्षमा क्षितिज रोका मगर र राजेन्द्र झाँक्री मगर, महिला उपाध्यक्षमा दिलमाया थापा चयन भएका छन् । महासचिवमा रिदम रोका मगर, सचिवमा रूपचन्द्र केसी, कोषाध्यक्षमा सुजन बुढा मगर, सह कोषाध्यक्षमा रविना पुन मगर चुनिएको समाजले जनाएको छ ।

समाजको सदस्यहरूमा हिमाल बुढा मगर, गिरिराज केसी, करण घर्ती मगर, योगेस भारती, कूलराज घर्ती, प्रगति बुढा, राजेन्द्र बुढा मगर, प्रितम पुन, रामसिङ रोका मगर, राजेश घर्ती मगर चुनिएका छन् । यसैगरी मोना सिंह ठकुरी, आकाश बुढा मगर, तिलक पुन मगर, कुसुम बुढा मगर, श्रीदेवी रोका मगर, अन्जु बुढा मगर, देवेन्द्र पुन मगर, करमला बुढा मगर, समीर घर्ती मगर र यज्ञ बहादुर नेपाली सदस्यमा चयन भएका छन् ।

समाजको प्रवक्तामा घनश्याम ओली, सांस्कृतिक संयोजकमा विमल पुन मगर, खेलकुद संयोजकमा गौतम केसी चयन भएका छन् । गुन्मा केन क्षेत्रीय संयोजकमा हिमाल पुन मगर, फुकुओका क्षेत्रीय संयोजकमा दिपेश डाँगी, सेन्दाई क्षेत्रीय संयोजकमा खिम पुन मगर चुनिएको समाजले जनाएको छ ।

समाजको संरक्षकमा प्रेम प्रकाश रोका मगर तथा सल्लाकारहरूमा तारा प्रकाश बुढा, दयाप्रसाद बुढा मगर, कृष्णबहादुर रोका मगर, रूपान्तरण घर्ती मगर, रवि पुन मगर, मिनु केसी, लक्षिन पुन मगर, ज्योति थापा मगर र नन्द किशोर बुढा मगर चुनिएका छन् । अधिवेशनमा स्वागत मन्तव्य संस्थाका प्रवक्ता रिदम रोका मगरले गरेका थिए भने समाजका कोषाध्यक्ष सुजन बुढा मगरले आर्थिक प्रतिवेदन राखेका थिए । रोल्पा समाज जापान को २ बर्से कार्यकालको प्रतिवेदन समाजका कार्यवाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गरेका थिए । समाजको तेस्रो अधिवेशनमा अतिथिहरू दया प्रसाद बुढा मगर, रूपान्तरण घर्ती मगर,मिनु केसी र जोन छन्त्याल, लगायतले आफ्नो भनाई राखेका थिए ।

‘कर्मभूमि र जन्मभूमिको लागि हामी रोल्पालीहरु गोलबद्ध हौँ’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम रूपचन्द्र केसीले सञ्चालन गरेका थिए उक्त कार्यक्रम मा रोल्पाली कलाकारहरूको प्रस्तुतिहरूमा रोल्पालीहरू झुमेका थिए । रोल्पालीहरूको बाक्लो उपास्थिती रहेको थियो । रोल्पा समाज जापानले स्थापनाकालदेखिनै जापानवासी रोल्पाली तथा गैर रोल्पालीहरुबीच सुख दुःख सातासात तथा विभिन्न संघसस्थासँग सहकार्य गरी परिआएको समस्यालाई समाधान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया