Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौंको एक होटलमा यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो ।

माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका-७ भइ अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए ।

उनले जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा मृतक श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताए । एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबिच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ ।

पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

तपाईको प्रतिक्रिया