आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – सरकारले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदा नदिने भएको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय अनुसार विदा नरहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो ।

गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो । यद्यपि केही स्थानीय तहले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएकोमा सर्वसाधारणमा अन्योल बढिरहँदा उक्त दिन सार्वजनिक बिदा नभएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया