Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् ।

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक सङ्ख्या त्योभन्दा पनि धेरै हुनसक्ने आङ्कलन गरिएको छ ।

तपाईको प्रतिक्रिया