Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र फोनिज सम्बद्ध पत्रकारहरूले पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिले प्रकाशित गरेको ‘अग्र अनुहार : कथा अग्रजको, गाथा महासंघको’ पुस्तक खोसेका छन् ।

इतिहास लत्याइएको भन्दै आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा पुगेका दर्जनौँ पत्रकारले विमोचन कार्यक्रममै उक्त पुस्तक खोसेको फोनिजका महासचिव मिलन लिम्बुले जानकारी दिए । उनीहरूले उक्त पुस्तक च्यात्दै पत्रकार महासंघविरुद्ध इतिहास मेट्न पाइँदैन भन्दै नाराबाजी समेत गरे । पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तर उक्त पुस्तकमा नसमेटिएको फोनिजको तर्क छ ।

फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठले आफ्नै नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको ऐतिहासिक कदमलाई लात मारी जबरजस्त गर्न खोजिएको बताए । ‘इतिहासकै जगमा वर्तमान र भविष्य निर्धारण हुँदै जाने आश्वस्त सत्य सबैका लागि आवश्यक हुन्छ, अझ सिंगो राज्यको चौथो अंगको नेतृत्व संस्था नेपाल पत्रकार महासंघको गर्विलो इतिहासले सबैलाई आत्मसम्मानसहित अपनत्व भावना जगाउन सक्नुपर्छ’, उनले भने ।

उनले सिंगो महासंघको इतिहास तयार गर्दा सत्य, तथ्य र ऐतिहासिक दस्तावेजले प्रमाणित गरेको कुरालाई यथार्थपरक ढंगले प्रस्तुत गर्न सक्नुपर्ने पनि बताए । ‘दुर्भाग्य यस्तो बन्यो कि त्यही कुरा ल्याउन सहमत भएनन्, अझ २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठले आफ्नै नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको ऐतिहासिक कदमलाई लात मारेर जबरजस्त गर्न खोजियो, महासंघको गरिमा र संघर्षका नेतृत्व गर्ने महान् अग्रजहरूप्रति उच्च सम्मान रहकै छ’, उनले भने ।

फोनिजले उठाएको इतिहासको तथ्यलाई जीउँदो र जीवन्त बनाएर महासंघलाई सबैको समृद्ध र साझा थलो बनाउन निरन्तर लागिपर्ने उनले बताए । उक्त पुस्तकविरुद्ध फोनिजसहित अन्य पत्रकारहरू आन्दोलित हुने खबर पाएपछि प्रमुख अतिथिका रूपमा बोलाइएका सभामुख देवराज घिमिरे विमोचनका लागि गएका थिएनन् ।

तपाईको प्रतिक्रिया