Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चीनमा हुने अर्जेन्टिनाका दुईवटा अन्तर्राष्ट्रिय खेल स्थगित भएका छन् । बेइजिङको फुटबल संघले हिजो शनिबार आगामी मार्चमा हुने अर्जेन्टिना र आइभोरी कोस्टविरुद्धको खेल रद्द भएको जानकारी दिएको हो ।

त्यसअघि मात्र हंग्जाउका खेलकुद अधिकारीहरूले अर्जेन्टिना र नाइजेरियाबीचको मैत्रीपूर्ण खेल स्थगित भएको जानकारी दिएको थियो । वास्तवमा चीनद्वारा विशेष प्रशासित क्षेत्र हङकङमा विश्वकप विजेता लियोनल मेस्सीले फुटबल नखेलेपछि चिनियाँ दर्शकहरू मेस्सीसँग रुष्ट थिए ।

यसबीचमा चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले पनि मेस्सी अमेरिकी षड्यन्त्रको सहयोगी बनेको भन्दै एउटा लेख प्रकाशित गरेको थियो । मेस्सीले राजनीतिक उद्देश्य बोकेर हङकङको बदनाम गर्न खोजेको ग्लोबल टाइम्सले जनाएको थियो ।

यही सेरोफेरोमा मेस्सीको देशले चीनमा खेल्न लागेको दुई खेल चीनले रद्द गरिदिएपछि चीन मेस्सीसँग वास्तवमै रुष्ट बनेको टिप्पणी हुन थालेको छ ।

तपाईको प्रतिक्रिया