Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका-४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी हुन् ।

हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् । पौने ५ बजे सो अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा शनिबारै राति पौने १० बजे अस्पतालले रविनाको मृत्यु भएको घोषणा गरेको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद हुन सक्ने अनुमानपछि प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीको नेतृत्वमा समेत टोली रविनाको घरमा पुगेको थियो । उनीहरुलाई पनि प्रहरीले उपचारका निम्ति तत्काल किस्ट अस्पतालमा पुर्‍याएको थियो । तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरे ।

रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्न घरको छतबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । रविनाले हाम फाल्दा छिमेकीले समेत देखेका थिए । रविनाकी सासू समेत छतमै हुँदा उनले एक्कासि हाम फालेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न आइतबार एसपी कार्कीकै कमान्डमा समेत प्रहरी टोली रविनाको घरमा पुगेको छ ।

रविनाले छतबाट हाम फाल्दा उनका् श्रीमान् रवि महर्जन घरमा थिएनन् । उनले मंगलबजारस्थित एउटा पसलमा काम गर्दै आएका छन् । रवि शनिबार पनि बिहानै काममा गएको खुलेको प्रहरीले जनाएको छ । रविनाले आफू सुत्ने कोठामा रहेका छोराछोरीको मुख तकियाले छोपेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

त्यसपछि उनले छतबाट हाम फालेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्नुको कारणबारे अनुसन्धान जारी राखेको छ ।

तपाईको प्रतिक्रिया