Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ । महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको हो ।

गाडी पल्टिए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दैलेखमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि जाँदै गर्दा महासचिव पोखरेल चढेको स्कोरपियो जिप शनिबार दिउँसो दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजारनजिक पल्टिएको प्रहरीले जनाएको छ ।

गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको बताइएको छ । दैलेख प्रहरीका अनुसार गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको थियो ।

तपाईको प्रतिक्रिया