Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर कर्मचारी जान नमान्ने गरेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन । पहिला तँछाड-मछाड हुन्थ्यो’, उनले भने, ‘हाम्रा कर्मचारी राम्रो ठाउँ बस्न आएको विश्वास गुम्यो होला। हामी गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौँ । अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन् ।’

उनले अहिले अध्यागमन अटो मेसनमा गएको पनि बताए। श्रेष्ठले अबको केही समयमा अन्तराष्ट्रियस्तरको अध्यागमन बनाउने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया