Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सडक व्यापारीको विषयमा बेलाबेलामा चर्चा आउने अभियन्ता ई. फेरि तीन बुँदे मागसहित आजबाट लुम्बिनीबाट सिंहदरबार पैदलयात्रा शुरु गरेका छन् । सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२) रोजगारी दिने र शहरी गरिबको लोकरिझ्याइँ निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरी बनेको विषयले गर्दा बेरोजगारी, आर्थिक सामाजिक असमानता बढेको विषय लिएर संघीय सरकारलाई तीन बुँदे मागसहित लुम्बिनी सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ई. ले जानकारी दिए ।

सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन ई ले पदयात्रा शुरु गरेका छन् ।

‘काठमाडौँ महानगरको सडक व्यापारी प्रतिको क्रियाकलापले देशैभरका स्थानीय तहले पनि सिको गरेर सडक व्यापारीलाई दुःख दिने गरेको पाए’, उनी भन्छ्न्, ‘शहरबाट गरिब हटाए सहर सफा हुन्छ भन्ने कुराले सडक व्यापारीको काम गरेर खाने हक अधिकार खोसिएको छ’, उनको यो पैदल यात्रा आजबाट नौ दिन को दिन सिंहदरबार पुगेर तीन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ । उनीसँगै लुम्बिनीबाट अन्य अभियन्ताहरुको पनि साथ रहने छ । यो यात्रा मार्फत मिटरब्याजविरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने बताए ।

तपाईको प्रतिक्रिया