Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – कर्णालीका तीनवटा पालिकाले जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरेका छन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिका फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका हुन् ।  यता सर्वेच्च अदालतले भने गत पुस १३ गते जनयुद्ध दिवस संविधानले नचिन्ने भन्दै बिदा दिन नमिल्ने व्याख्या गरेको छ । तर, तीन पालिकाहरूले भने बिदा दिने निर्णय गरेका हुन् ।

फागुन १ गते जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउन लागेको कालिकोट पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैननगरपालिका र अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए । “तत्कालीन माओवादीले ०५२ बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो,” उनले भने, “माघ २६ गतेको नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ ।”

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको ३०औं कार्यपालिकाको बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बाँफिकोट गाउँपालिकाका सरकारी, गैरसरकारी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता जोखबहादुर चन्दले बताए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया