Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पाकिस्तानमा नेशनल एसेम्बलीमा कुनै पनि दलको बहुमत नाउने निश्चित भएपछि दलहरु सरकार बनाउने कसरतमा जुटेका छन् ।

बिहीबार सम्पन्न मतदानमा इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९९ सिटमा जित हासिल गरेका छन् । त्यसपछि नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले ७१ सिटमा जित हासिल गरेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ५३ सिटमा जितेको छ । त्यस्तै अर्को पार्टी एमक्यूएम- पीले १७ सिटमा जित हासिल गरेको छ ।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन्। जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एउटा सिटको निर्वाचन स्थगित भएको थियो । बाँकी ७० सिट आरक्षित छन् । सरकार बनाउन १३४ सिटमा बहुमत चाहिन्छ ।

यसैबीच पीपीपी र पीएमएल–एन मिलेर सरकार चलाउन सहमत भएका छन् । पूर्व राष्ट्रपति आसिफ अली जरदारी, पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले शुक्रबार राति लाहोरमा पिएनएल- एन प्रमुख शाहबाज शरीफलाई भेट गर्दै मिलेर सरकार बनाउन सहमत भएका छन् । दुवै दलले मुलुकमा राजनीतिक र आर्थिक स्थायित्व ल्याउन मिलेर काम गर्ने सहमति गरेका छन् ।

तपाईको प्रतिक्रिया