Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई ५ वर्ष सरकारको नेतृत्व दिन दलहरुसँग आग्रह गरेका छन्। सरकारको नेतृत्व पाए आफूले देशमा धेरै परिवर्तन गर्नसक्ने दाबी गर्दै उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट भएपनि आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए।

शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा उनले जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भए पनि आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे। देशमा स्थिरता, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चितताका लागि आफू सरकारमा हुनुपर्ने विप्लवले बताए। ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने मन छ,’ उनले भने।

विप्लवले २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको बताए। सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेपनि देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको उनको दाबी छ। पुँजीवादकै कारण अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको उनको तर्क छ।

विप्लवले माओवादी सहित सबैजसो दलका नेताहरुमा श्रम संस्कार हराउँदै गएको उल्लेख गर्दै नेपाली युवालाई विदेश पलायन गराएर समाजवादको आधार खडा गर्न नसकिने बताए।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया