Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली युवा टोलीले फराकिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाली युवा टोलीले चिनियाँ टोलीमाथि ५-१ को फराकिलो जित दर्ता गरेको हो ।

नेपालको जितमा समिर तामाङले दुई गोल गरे । सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीको नाममा एक एक गोल रह्यो । खेलको पहिलो हाफमा २ गोल गरेको नेपाली युवा टोलीले दोस्रो हाफमा ३ गोल थप्दा १ गोल खान पुग्यो । खेलको पहिलो मिनेटमा नै चिनिया युवा टोलीका युशुका वुझोउ निमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए ।

खेलको दोस्रो मिनेटमा नै सन्जीव विष्टको गोलमा नेपालले सुरुवाती अग्रता बनायो । आयुष घलानले लेफ्ट विङमा चिनिया टोलीका डिफेन्डरलाई छक्याउँदै दिएको क्रसमा सन्जीव विष्टले हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको आठौं मिनेटमा युशुका डान्झोउ जियाङकाईको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो ।

खेलको ३९औ मिनेटमा नेपाली युवा टोलीले अग्रता दोब्बर पार्यो। छिरिङ लामाको क्रसमा समिर तामाङको हेडरले पोष्टको जाली चुमेको थियो । ५४औ मिनेटमा समिरको व्यक्तीगत दोस्रो गोलमा नेपालले ३-० को अग्रता बनायो । खेलको ६३औ मिनेटमा छिरिङको गोलमा नेपालले ४-० को अग्रता लियो । उत्सब राईको क्रसमा आयुषको हेडर प्रयासमा गोलकिपरले पन्च गर्दै जोगाएको बलमा छिरिङले बक्सको छेउबाट सिधै गोल गरेका थिए ।

७४ औंँ मिनेटमा समिरको गोलमा निराजनले गोल गर्दै नेपाललाई ५-० को अवस्थामा ल्याए । सुमित श्रेष्ठको क्रसमा समिरको हेडरमा निराजन धामीले बललाई पोष्टको गति दिएका थिए । ७८औ मिनेटमा चिनिया टोलीले सान्त्वना गोल फर्कायो । जिउमेइ वेनजियाङको लामोपासमा झा छिको प्रहार पोस्टमा लागेर फर्कियो । त्यही बललाई झाछी पेंगकुओले सहजै गोल गर्दै खेललाई ५-१ को अवस्थामा ल्याए ।

तपाईको प्रतिक्रिया