Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ । हाल बोर्डकी सदस्य रहेकी उनलाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महिनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो ।

पर्यटन बोर्डमा कार्यकारी प्रमुख पद रिक्त रहेको छ । यस्तोमा नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का देवकोटालाई कार्यकारी समितिको सदस्य-सचिवका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

उनी २०७८ चैतमा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा नियुक्त भएकी थिइन् ।

तपाईको प्रतिक्रिया