Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच विराटनगरमा वार्ता सुरु भएको छ । प्रदेश एक पुनः नामकरण संयुक्त संघर्ष समितिले बनाएको वार्ता टोली र कोशी प्रदेश सरकार बीच हिजो स्थगित वार्ता पुन सुरु भएको हो । आजको वार्ता एजेण्डागत विषयमा केन्द्रित रहने बताइएको छ । हिजो एजेन्डामा नै प्रवेश नगरी वार्ता स्थगित भएको थियो ।

प्रदेशको नाम प्रति असन्तुष्टहरूको माग सम्बोधनका लागि भन्दै भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको थियो । सो वार्ता टोलीले वार्ताको आव्हान गरेपछि पहिचान पक्षधरहरूले पनि ११ सदस्यीय वार्ता टोली गठन गरेका थिए । हिजोबाट सुरु भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया