Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधानबारे छलफल हुने बताइएको छ । माओवादीले फागुन १ गते विधान सम्मेलनको मिति तय गरिसकेको छ । विधान सम्मेलनअघि स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

स्थायी कमिटीले गरेका निर्णयलाई अनुमोदन गराउन माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुने नेता रञ्जित तामाङ्गले बताए । माओवादीको विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।

 

तपाईको प्रतिक्रिया