सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् । पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पूर्वप्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन् ।पूर्वप्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्रमार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।

हुलाकमार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन् । तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्थामा खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परेपछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।

 

तपाईको प्रतिक्रिया