Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएका छन् । आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ । बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका छन् । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वगृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

यसअघि छानबिन समितिले विभिन्न व्यक्रिहरुसँग बयान लिईसकेको छ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणलाई लिएर संसद्मा नेकपा एमालेले सदन अवरुद्ध गरेपछि सरकारले छानबिन समिति बनाएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया