Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

सउल – दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदलाई सम्बद्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ (एसजीटी-२०२४) को आयोजना गरिएको हो ।

द. कोरियाको  राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सो सम्मेलन नेपाली राजदूतावास दक्षिण कोरिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित सञ्चालित एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो ।

कार्यक्रमलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) दक्षिण कोरियाले सहकर्ताको भूमिका निर्वाह गरेको थियो । सम्मेलनलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सेर्पाली ठकुरीले लिखित रूपमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा द. कोरियाका लागि नेपाली राजदूत डा. ज्योति प्याकुरेल र एनआरएनए आइसीसीका सल्लाहकार तथा अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो शुभकामना सन्देशमा अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र सोचसहितको सम्मेलन गरेकोमा खुसी व्यक्त गर्दै विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्त्वपूर्ण आर्थिक र समृद्धिको आधार खेलकुद पर्यटनको सम्भावना रहेको उल्लेख गरेका थिए । उनले नेपाल राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्त्वपूर्ण कोसेढुङ्र्गा साबित हुने विश्वास लिएका थिए । खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै सुरुवात गर्न नसकिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

सम्मेलनलाई नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले लिखित रूपमा शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको उल्लेख गरेका छन् । नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताउँदै नेपालमा पनि अथाह पर्यटकीय खेलको सम्भावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।

नेपालकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सेर्पाली ठकुरीले सम्मेलन आफ्नो लिखित सन्देश दिनुमात्र भएन स्वयं उपस्थित भएकी थिइन् । उनले सरोकारवाला पक्षका रुपमासँगै बसेर छलफल गर्न पाउँदा आफू निकै खुसी भएको बताइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५ औं आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य आर्थिक आधारका रूपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेलक्षेत्र जोड्दा थप बलियो हुने विश्वास रहेको बताइन् ।सम्मेलनका मुख्य वक्ता गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक अनि ग्लोबल एनआरएन फाउण्डेसनका संरक्षक तथा डा. शेष घले र एनआरएनएकी पूर्व आइसीसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित एमआइटी ग्रुपको एमआइटी फाउण्डेशनका को फाउण्डर डा. शेष घलेले नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति नियम अख्तियार गर्ने, त्यसपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ती गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्यातिप्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) तथा ग्लोबल एनआरएन फाउण्डेसन समेतका अध्यक्ष विनोद कुँवरले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको उन्नति गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको बताए । उनले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गको रूपमा विश्व परिचित नेपालका हिमाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने उनको धारणा छ ।

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिए । सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा. कि जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुसी लागेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुने भएकाले त्यसको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिएको उनको भनाई छ ।

हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ नो लीले केभिड(१९ पछि विश्वमा आर्थिक, सामाजिक र सांस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानवजीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राखे । त्यसैगरी हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा. दोङउनहान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसन एक्स को।लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।

सम्मेलनमा MIT Foundation की अध्यक्ष जमुना घले गुरुङ, एनआरएनए आइसीसीका उपाध्यक्षहरू भोमा लिम्बु, थर्क सेन, सचिव जुनु गुरुङ, प्रवक्ता प्रकाश धमला, युथ एम्बासडर दिपेश खत्री लगातय पदाधिकारीहरु, आइसीसी सदस्यहरु, एनआरएनए आइसीसीका सल्लाहकर तथा ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङ, एनआरएनए एनसीसी द। कोरियाका अध्यक्ष बिपिनकुमार गुरुङ र पदाधिकारीहरु, सेजोङ विश्वविद्यालयका डिपार्टमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किम, डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्गबु सोप, पुसानन्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोट्स साइनसका प्रोफेसर डा. डेभि ओसुलिभान, हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा. सुङ मिनकिम लगायत संघसंस्था र अन्य थुप्रै व्यक्तिहरू उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया