समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीको जिल्ला कमिटी अधिवेशन उद्घाटनका लागि रौतहट जाँदैछन् । जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली बिहीवार रौतहटको गरूडा जान लागेका हुन् । २०७८ सालमा नेकपा एमाले विभाजन भएपछि रौतहटमा पहिलो पटक जिल्ला अधिवेशन हुँदैछ ।
नेकपा एमालेका पूर्व महासचिवसमेत रहेका माधव नेपालको निर्वाचन क्षेत्रमा एमालेको कार्यक्रम हुँदैछ । ओलीसहित एमाले महासचिव शंकर पोखरेललगायत नेता पनि जिल्ला अधिवेशनमा सहभागि हुँदैछन् । प्रदेश अधिवेशन सकिएपछि अहिले एमालेको जिल्ला अधिवेशन चलिरहेका छ ।