Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – सत्ता साझेदार दलहरुबीच राष्ट्रिय सभा अध्यक्षबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरूको बैठकमा राष्ट्रिय सभाको अबको अध्यक्षमा कसलाई लाने भन्ने बारे छलफल भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरू सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया