बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उनले भने, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन । अहिलेको शक्ति सन्तुलन मिलाउन पनि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउन पर्छ ।’

पुनले कांग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख र रास्वपा उपसभामुख रहेकाले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीलाई स्वभाविक रुपमा लिनुपर्ने तर्क गरेका छन् । पुनले गृहमन्त्री कांग्रेसले लिने केही कुरा नभएको बताए । ‘गृहमन्त्री कांग्रेसले लिने कुरा भएको छैन । राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीपरिषदको कुरा बेग्लै हो’, उनले भने ।

तपाईको प्रतिक्रिया