शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – आजको व्यस्त जीवनमा टाउको दुख्ने समस्या सामान्य बन्दै गएको छ । टाउको दुख्नुका धेरै कारण हुन सक्छन् । बिहान उठ्ने बित्तिकै पीडा सुरु हुने धेरै मानिसहरु छन् ।

यस्तो अवस्थामा मानिसले पेनकिलरको सेवन गर्छन् । तर यसले तपाईलाई हानि पनि पुर्‍याउन सक्छ, तपाईलाई यसको लत पनि लाग्न सक्छ । आउनुहोस् तपाईलाई घरेलु टिप्स अपनाएर दुखाईबाट राहत पाउन सकिन्छ ।

कहिलेकाहीँ बिहान उठेपछि टाउको दुख्ने समस्या निकै बढ्छ । मानिसहरु पेनकिलरको सहारा लिन्छन् । दुखाई कम गर्न पुदिनाको रस निधारमा लगाउनुहोस्, यसले तपाईको दुखाई तुरुन्तै निको हुन्छ ।

तुलसीको पातको कासो पिउनाले तपाईको दुखाईबाट धेरै राहत मिल्छ । यो रस निधारमा पनि लगाउन सक्नुहुन्छ । यो जुस सेवन गर्नु पनि तपाईको लागि फाइदाजनक हुन्छ । दिनहुँ बदाम खानुपर्छ । यसको सेवनले तपाईको दिमाग तेजिलो हुन्छ र टाउको दुख्ने समस्याबाट पनि तुरुन्त आराम पाउन सकिन्छ ।

आफ्नो निद्रा पूरा गर्नुपर्छ। जबसम्म तपाईलाई राम्रोसँग निन्द्रा आउँदैन तबसम्म तपाईलाई विभिन्न प्रकारका टाउको दुख्ने समस्याहरू भइरहन्छन् । डिप्रेसनका कारण टाउको दुख्ने जस्ता समस्या पनि हुन सक्छ। दुखाइको औषधि र क्याफिनबाट पनि टाढा रहनुपर्छ ।

तपाईको प्रतिक्रिया