Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा दुई स्थानमा बम विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

पहिलो बम विस्फोट स्वतन्त्र उम्मेदवारसमेत रहेका इसफंदियार काकरको सम्पर्क कार्यालय बाहिर भएको थियो। उक्त बम विस्फोटमा १२ जनाको मृत्यु भएको हो। अर्को बम विस्फोट किल्लाह शेफ उल्लाह जिल्लामा भएको हो। जहाँ ८ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ । सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया