Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – फिल्म निर्देशक तथा नायक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । बुवाको इच्छामा उक्त जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले बताए ।

इलाम नगरपालिका-१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दिएका हुन् । मालपोतमा जग्गा दान गर्न उनी बुवासँगै कार्यालयमा पुगेका थिए ।

‘लुट’ जस्तो सर्वाधिक सफल चलचित्र निर्देशन गरेका निश्चलको पछिल्लो निर्देशकीय फिल्म ‘दिमाग खराब’ हो ।

 

तपाईको प्रतिक्रिया