Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सेवा सुविधा र अझ भनौँ रवाफको हिसाबले प्रहरीको जागिर नेपालमा आकर्षक नै मानिन्छ । तर, यसमा पनि विचलन आएको देखिन्छ । कारण हो- हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरूले जागिर छोड्नु ।

पछिल्लो समय विभिन्न पेसा व्यवसाय छोडेर विदेश जाने अभ्यास बढिरहेको बेला त्यो अभ्यास नेपाल प्रहरीमा पनि देखिएको हो । नेपाल प्रहरीमा जागिर खान भर्ती भएर अवधि पूरा नगरी वार्षिक रुपमा सयौं प्रहरीले जागिर छाड्ने गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जना प्रहरीले सेवा अवधिको बिचमा नै राजीनामा दिएर जागिर छाडेका छन् ।

यसरी जागिर छाड्नेहरूमा कतिपयको पेन्सन अवधि पुगेको छ भने कतिपयले पेन्सन अवधि पुगेको छैन । आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा मात्रै ५ हजार एक सय ५० जना प्रहरीले जागिर छाडेका छन् । सो अवधिमा एकजना प्रहरी नायव महानिरीक्षक, ४ जना प्रहरी उपरीक्षक, ९ जना प्रहरी नायब उपरीक्षक र २६ जना प्रहरी निरीक्षकले जागिर छाडेका छन् ।

सो अवधिमा प्रहरी नायब निरीक्षक २ सय २८ जना, प्रहरी सहायक निरीक्षक ६ सय ८० जना र सबैभन्दा धेरै प्रहरी हवलदार ३ हजार ४ सय ९ जनाले जागिर छाडेको तथ्यांकमा उल्लेख छ । ६ सय ६३ जना प्रहरी जवानले सो अवधिमा प्रहरीको जागिर छाडे । आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को तुलनामा त्यसपछिका आर्थिक वर्षमा भने प्रहरीले जागिर छाड्ने क्रममा केही कमी आएको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ मा सबै पदमा कार्यरत ७ सय तीन जना, ०७८/७९ मा ४ सय ९८ जना र आर्थिक वर्ष ०७९/८० मा ६ सय ३२ जनाले जागिर छाडेको सूचनामा उल्लेख छ ।

प्रहरीमा सेवा प्रवेश गरेर बीच अवधिमा सबैभन्दा धेरै जागिर हवलदारहरूले छाड्ने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जनाले जागिर छाड्दा प्रहरी हवलदार मात्रै ३ हजार ९ सय ८६ जनाले जागिर छाडेका छन् । त्यसपछि धेरै जागिर छाड्नेमा प्रहरी सहायक निरीक्षक १ हजार ९९ र प्रहरी जवान ९ सय ८० जना रहेका छन् । झण्डै बाँकी १४ वर्ष सेवा अवधि कायम नै रहँदा ती प्रहरी हवलदारहरूले जागिर छाडेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीहरूले थप राम्रो अवसर र वैदेशिक रोजगारीमा जानका लागि जागिर छाड्ने गरेका छन् । प्रहरीको जागिरमा भन्दा राम्रो अवसर देखेर सेवा अवधि नपुग्दै जागिर छाड्ने गरेका हुन् ।

कतिपयले प्रहरी सेवामा भन्दा बाहिर राम्रो अवसर पाएका कारण सेवा छाड्ने गरेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकाल बताउँछन् । केहीले समयमा आफ्नो वृत्ति विकास नभएका कारण पनि राजीनामा दिने गरेको उनको बुझाइ छ ।

निजामती कर्मचारी, शिक्षक लगायतका पेसामा आबद्ध हुनेहरूको उमेर हदको अन्तिम सम्म जागिरमा नै मोह हुने गरेकोमा प्रहरीमा भने बिचमा नै जागिर छाड्नेहरूको संख्या ठूलो देखिएको छ । जुन श्रम र समय अनुसारको सेवा सुविधा नभएको कारणले हुने गरेको धेरैको तर्क छ ।

तपाईको प्रतिक्रिया