Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अस्ट्रेलियाको संसद्मा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हातमा राखेर पद तथा गोपनीयताका शपथ लिएका छन् । गीतामा हात राखेर अस्ट्रेलियामा पद तथा गोपनीयताको शपथ लिने घोष यसो गर्ने पहिलो व्यक्ति समेत हुन् ।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाई समेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ । सिनेटर घोष भागवद् गीताको शपथ लिने पहिलो अस्ट्रेलियाली सिनेटर हुन् । मैले बारम्बार भनेको छु कि जब तपाईँ केही गर्नको लागि पहिलो हुनुहुन्छ, तपाईँ निश्चित हुनु पर्दछ कि तपाईँ अन्तिम हुनु हुन्न ।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अस्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो । पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसद्को सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ ।’ अस्ट्रेलियनका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ वर्षपछि उनी सिनेटरमा निर्वाचित भए ।

तपाईको प्रतिक्रिया