Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले राजनीतिक दल,अड्डा, अदालत, प्रहरी प्रशासन, बैंक वित्तीय संस्था लगायतका संस्थाहरुले जनताबाट विश्वास गुमाउँदै गएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राज्यका संयन्त्रप्रति जनताको विश्वास गुम्दै जानु डरलाग्दो विषय भएको बताए ।

‘भरोसा गुमाएको छ । राजनीतिक दलहरुप्रति मात्रै होईन, अड्डा, अदालत, प्रहरी प्रशासन, दल, बैंक वित्तीय संस्था, हामीसँग जे जति कुराहरु छन् सबैसँग विश्वास गुम्दैगुम्दै गएको अवस्था छ । यो डरलाग्दो छ । यो विश्वासलाई हामीले पुनर्स्थापित गर्नैपर्छ,’– उनले भने ।

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार पाएको कुरामा नागरिकले ठूलो गौरव गरेका भएपनि सरकारले डेलिभरी दिन नसकेकोमा आक्रोश बढेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया