Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ । किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई छोडिएको हो ।

सिआईबीका एसएसपी दिनेश आचार्यका अनुसार मुलुक ऐन र मुलुकी अपराध संहिताको किर्ते र ठगीसम्बन्धमा अनुसन्धान अनुसन्धान निरन्तर अघि बढ्छ । ‘कानुनअनुसार अनुसन्धान अघि बढेको हो । त्यही क्रममा ३ जना आरोपितलाइ पक्राउ गरिएकोमा अदालतले दिएको आदेश अनुसार हाजिरी जमानीमा छाडिएको हो । तर यो अनुसन्धान निरन्तर जारी रहन्छ,’ उनले भने, ‘सरकारी जग्गा हिनामिनाको विषयलाई गम्भीर रुपमा लिएर सिआईबीले अनुसन्धान गरिरहन्छु ।’

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया