Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – एक नेपाली युवकविरुद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएको छ। नेपालका २६ वर्षीय रिदम भट्टचनविरूद्ध अष्ट्रेलियाको औबर्न प्रहरीले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

घरेलु हिंसा र सम्बन्धित अपराध कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ । औबर्न प्रहरीले रिदमको तस्बिर सार्वजनिक गर्दै उनको खोजी तीव्र पारिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । रिदम विगतदेखि नै अस्ट्रेलियामा आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । उनको नेपालको ठेगानाबारे केही खुलेको छैन ।

तपाईको प्रतिक्रिया