Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दै छन्। अष्ट्रेलिया सरकार र इण्डिया फाउण्डेसनलेमाघ २६ र २७ गते पर्थमा आयोजना गर्ने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद बुधबार त्यसतर्फ जान लागेका हुन्। श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीसहित त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साउद राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

साउदले यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उनले तयहाँका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि छ।परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन्।बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ। मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किने तय भएको छ।

 

तपाईको प्रतिक्रिया