Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन । मंगलबार राप्रपा जिल्ला कार्य समितिले सदरमुकामको बसपार्कमा आयोजना गरेको आमसभामा बोल्दै उनले देशकै पाँच–पाँच चोटी प्रधानमन्त्री भएका देउवाको गृहजिल्ला डडेल्धुरामा आफूले सोचेअनुसारको विकास नभएको बताउनु भएको हो ।

राजसंस्था, हिन्दु राष्ट्र स्थापना एवम् शुसासनको प्रत्याभूति आजको आवश्यकता’ भन्ने मुल नाराका साथ सम्पन्न भएको आमसभामा उनले पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै सदरमुकामबारे प्रश्न गरे डडेल्धुराको सदरमुकाम यही नै हो कि अर्काे सदरमुकाम छ । अध्यक्ष लिङ्देनले डडेल्धुराका जनताको मत र मन परिवर्तन भए डडेल्धुराको मात्र नभएर देशकै मुहार परिवर्तन हुने बताएका छन । आफु डडेल्धुरा जिल्ला पुग्दै गर्दा बाटोमै नागरिकहरुले खानेपानी र बिजुली अहिलेसम्म पाउन नसकेको कुरा राखेको भन्दै उनले यसप्रति झनै दुःख लागेको बताए । उनले यहाँ आफू कसैको आलोचना गर्न नभई राप्रपाले गरेको यो नविनतम अभियानमा साथ दिन आम नागरिकहरुलाई आग्रह गर्न डडेल्धुरा आएको उनको भनाई छ ।

जुन देशको जनसंख्या तीन करोड पुगेको छैन त्यो देशको ५० औँ लाख युवाहरु वैदेशिक रोजगारीमा रहेनु दुख दाई भएको उनको दुखेसो थियो । उक्त बृहत् आमसभामा कार्यक्रममा अध्यक्ष लिङ्गदेन प्रमुख अतिथि हुनुहुन्थ्यो भने वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी विशिष्ठ अतिथि रहेका थिए ।

 

तपाईको प्रतिक्रिया