Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गरेका थिए ।

तपाईको प्रतिक्रिया