Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौँस्थित रुसी राजदूतावास अगाडि धर्ना दिएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्था सार्वजनिक गर्न, बेपत्ता भएकाहरूको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरूले ‘युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर’, ‘युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘रुसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर’, ‘युद्धमा मृत्यु भएका मृतकको शव नेपाल लेराइदे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

केही दिनअघि काठमाडौँमा आयोजित एक कार्यक्रममा रुसी सेनाबाट नेपाल फर्किएका युवाहरूले अहिले पनि १४-१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धका क्रममा धेरै नेपालीले ज्यान गुमाएको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया