बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष तथा लोक गायक रमेश बिजी विवाह बन्धनमा बाँधिएका छन् । बिजीले स्याङ्जा निवासी हाल अष्ट्रेलियामा बस्दै आएकी शर्मीला श्रेष्ठसँग माघ २१ गते बिहे गरेका हुन् ।

उनले आइतबार राती बिहेका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आफन्त तथा साथीभाइले बधाई तथा शुभकामना दिइरहेका छन् ।

गायन मात्र नभएर लोक तथा आधुनिक गीत लेखनमा समेत ख्याति कमाएका उनका ‘सरर पानी घट्टमा’, ‘बचनको घाउ’, ‘म हुरीमा दियो’ लगायतका गीतहरु चर्चित छन् ।

तपाईको प्रतिक्रिया