Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – प्रतिनिधिसभाले सांसदहरूको हाजिर विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ । अघिल्ला अधिवेशनहरुमा सांसदहरु हाजिर गर्ने तर बैठकमा नबस्ने देखिएपछि त्यसको अन्त्यका लागि प्रतिनिधिसभा सचिवालयले विद्युतीय उपस्थिति र उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।प्रतिनिधिसभाको तेस्रो अधिवेशन सुरु हुनुपूर्व सोमबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरुबीच उक्त सहमति जुटेको हो । बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू गर्ने निर्णंय पनि गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले भने, ‘प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयमाथि प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु ।’सभामुख घिमिरेले सांसदहरुको उपस्थितिका विषयमा उठिरहेका गम्भीर विषयमा हुने टिप्पणी अन्त्यका लागि उपस्थितिलाई दैनिक सार्वजनिक गरेर पारदर्शी बनाउन आवश्यक रहेको बताए ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सम्मानीय सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्था आएको बताउँदै यसले बैठक बस्ने दिन बारे हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यव्यवस्था परामर्श समिति बैठकले माघ र फागुन महिनाका लागि प्रतिनिधिसभा बैठकको दिनसमेत पारित गरेको छ । माघमा आज (सोमबार) र माघ २४ गते बुधबार तथा फागुन ६, १०, ११, १३ र १४ गते बैठक बस्ने गरी कार्यतालिका तय गरेको छ ।

 

तपाईको प्रतिक्रिया