Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्व (प्रहरी नायब निरीक्षक) सई पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एक पूर्व सईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पक्राउ परेका ती पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको प्रहरी स्रोतले बतायो । ती पूर्व सईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् । पक्राउ परेका सई र पीडित भनिएकी किशोरीको आमा भने लिभिङ टुगेदरमा रहेको खुलेको छ । उनले आफ्नै प्रेमिकाको छोरीलाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया